>

नेपाली काँग्रेसका नेता तिर्थराम डंगोलको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता तिर्थराम डंगोलको ७७ बर्षको उमेरमा आज निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचार गराइरहनुभएका डंगोलको गएराति निधन भएको हो ।

उनी नेपाली काँग्रेस काठमाडौँ पूर्व सभापति एवं स्वास्थ्य राज्यमन्त्री थिए । उनको पार्थिव शरिरलाई अहिले उनकै निवासमा राखिएको छ। उनका श्रीमती छन् । उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस काठमाडौंका नेता तेबिन्द्र रत्न शाक्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *