काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे । उनले महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए । कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मंसिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने स्पष्ट पारे । त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने बताए । जति सक्दो क्रियाशिल सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर गरे ।
महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए । नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने बताए ।