>

इजरायल-इरान तनाव उत्कर्षमा : चीनद्वारा इजरायलको निन्दा

इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको केही घण्टापछि इजरायलले पनि इरानभित्र लक्षित जवाफी हमला गरेको छ। यस घटनाले मध्यपूर्वमा लामो समयदेखि जारी रहेको तनावलाई थप उत्कर्षमा पुर्‍याएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा शनिबार चीनका राजदूत फु कोङले इजरायलले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको बताउँदै चीनले यसको निन्दा गर्ने बताएका छन्। उनले चीन वर्तमान अवस्थाप्रति गहिरो चिन्तित रहेको बताएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धले इरानको आणविक सम्झौतामा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाई थियो । स्थिति अझ बिग्रन नदिन फु कोङले इजरायललाई सबै सैन्य कारबाही तुरुन्तै बन्द गर्न अपिल गरेका छन् ।

शुक्रबार मध्यराति र शनिबार बिहान इरानले इजरायलमाथि सयौँ मिसाइल हानेको छ । ती मिसाइलले इजरायलको तेल अभिभ, हाइफा र जेरुसेलम सहरमा ठूलो क्षति पुगेको छ । इरानले केही ब्यालेस्टिक मिसाइल पनि हानेको छ । इजरायलमाथि मिसाइल आक्रमण भएपछि देशका अधिकांश सहरमा साइरन बजाइएको छ । इजरायलले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शुक्रबार इरानको आणविक केन्द्रमा आक्रमण गरेको इजरायलले इस्फाहनको आणविक संरचना पुरै नास भएको जनाएको थियो । त्यसको केही मिनेटमा नै तेल अभिभमा धुवाको मुस्लो देखिएको हो । आफ्नो भूभागमा इजरायली आक्रमणपछि इरानले इजरायलले ठुलो क्षति सहनु पर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *