>

अमेरिकाबाट नेपाल फिर्ता हुने नेपालीको आँकडा बढ्दै

काठमाडौं । अमेरिकाबाट नेपाल फिर्ता हुने नेपालीको आँकडा बढ्दै गएको छ ।

वैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानून उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कनेको संख्या बढेको हो । पछिल्लोपटक अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सन् २०२५ लागेसँगै यसरी निष्कासित भएर स्वदेश फर्काएइको सङ्ख्या १ सय ७७ जना पुगेको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । सन् २०२५ शुुरु भएसँगै जनवरी २० देखि गत मे महिनाभित्र यसरी फर्काइएका १४० जना थिए ।

यसरी फर्काइएकामा जनवरी महिनामा छ जना, फेबु्रअरीमा २० जना, मार्चमा ३० जना, अप्रिलमा २६ जना र मे महिनामा ५८ जना रहेका छन । त्यसअघि पनि कानून उल्लङ्घन गरेकाहरू निष्कासनमा पर्दै आएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सन् २०२१ मा ३५ जना, सन् २०२२ मा २२ जना, सन् २०२३ मा २४ जना र २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट निष्कासनमा परेको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *