काठमाडौं । नेपाली बजारका आज (मंगलबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाादीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २१६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।