>

सुनचाँदी व्यवसायी संघको स्थापना दिवसमा रक्तदान र निःशुल्क स्वस्थ्य शिविर

काठमाडौं । सुनचाँदी व्यवसायी संघको स्थापना दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना भयो । आयोजक काठमाडौं सुन चाँदी व्यवासयी संघका अनुसार संस्थाको सामाजिक कार्यअन्तर्गत नियमित भएको आयोजना आयोजना गरिएको हो ।

कार्यक्रममा निःशुल्क आँखा जाँच, रक्तचाप जाँच र रगतमा चिनीको मात्रा परीक्षण गरिएको थियो । शिविरमा सामान्य रोगको औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो ।

रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग उपलब्ध गराएको थियो भने स्वास्थ्य शिविरका लागि चिरायु नेशनल अस्पतालले सहयोग उपलब्ध गराएको थियो । चिरायु अस्पिटलबाट व्यवसायी सदस्यहरुलाई संस्थाको सिफारिसमार्फत् छुट सेवा प्रवाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *