>

तानसेनमा एकदिने सडक खाना महोत्सव

काठमाडौं । सडकमै खाउँ, सडकमै रमाउँ भन्ने नाराका साथ पाल्पाको तानसेन नगरपालिका–६, भीमसेनटोलमा एकदिने सडक खाना महोत्सव गरिएको छ । महोत्सवमा विभिन्न जातजातीको खानाको परिकार बिक्री तथा प्रदर्शनी गरिएको हो ।

स्थानीय रूपमा उत्पादन हुने परिकार तथा कला–संस्कृतिको प्रदर्शन गर्दै संरक्षण र प्रवद्र्धन गर्ने प्रयास स्वरुप महोत्सव आयोजना गरिएको हो । महोत्सवमा तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतिक्षा गाहा सिंजाली तथा वडाध्यक्ष सागरमान महर्जनले भविष्यमा टोल विकास संस्थासँग सहकार्य गर्दै ऐतिहासिक सम्पदा तथा सांस्कृतिक पहिचान उजागर गर्ने प्रतिबद्धता जनए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनालगायतले सडक खाना महोत्सवले जातजातीको परिकारका साथै संस्कृति झल्किने बताए ।

पाँच विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगितामा पाल्पा आवासीय बोर्डिङ स्कुल प्रथम, देवबाणी मावि द्वितीय, बिजु बोर्डिङ स्कुल तृतीय, जनप्रिय मावि सान्त्वना र पप माध्यमिक विद्यालय पाँचौं स्थान हासिल गर्न सफल भएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *