>

बुबा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

नवलपरासी । नवलपरासी पश्चिम, आफ्नै बुबा ५० वर्षीय जय राम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका-२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय  सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *