>

अख्तियारले बोलायो मेयर शाहलाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई फ्रान्स भ्रमणको जानकारी दिन आग्रह गरेको छ । गत बर्ष मात्रै काठमाडौंका मेयर बालेनले फ्रान्सको भ्रमण गरेका थिए ।

गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन आग्रह गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर साह गत साल फ्रान्स गएका थिए । त्यतिबेला मेयर साहले फिल्म फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुखका रुपमा सहभागी भएका थिए । मेयर साहले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको पनि अवलोकन गरेका थिए । साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरेको थियो ।

गत २०८१ जेठ १ गते फ्रान्स गएका साह ७ जेठमा नेपाल आएका थिए । त्यहाँ जाँदा उनले सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारमा उजुरी परेपछि सो विषयमा जानकारी दिन आग्रह गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *