काठमाडौं । एमालेका पूर्व उपाध्यक्ष समेत रहेका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले एमाले बामाले हुँदै झोलेमा झर्दै गरेको तथ्य स्पष्ट भएको बताएका छन् । एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियाको सन्दर्भलाई लिएर नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
नेता रावलले भनेका छन, ‘विभिन्न पदमा उम्मेदवार भई प्रतिस्पर्धामा जान इच्छुकलाई दलका नेताबाट मौखिक र लिखित रूपमा दबाब र धम्की दिँदै पदाधिकारीको नाम पार्टी नेताले नै घोषणा गर्दा त्यसकाविरूद्ध नाराबाजी भएपछि चुनावको कार्यक्रम प्रकाशित गरिएछ। यसले साँच्चै एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट हुन्छ ।’
उनले पार्टीमा काम गर्दै गर्दा एमाले यहाँसम्म झर्छ भनेर कल्पनासमेत नगरेको पनि बताएका छन । उनले भनेका छन , ‘मलगायतकाले अनेरास्ववियु ९एकताको पाँचौँ० को स्थापना गर्दा तथा लामो समय दलमा काम गर्दा उक्त प्रकारले सङ्गठन बामाले र झोले स्वार्थी झुण्डमा झर्ला भनेर कल्पनासम्म पनि गरेका थिएनौँ ।’ अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि पार्टी नेताहरू हाबी भएका छन् ।
यसपछि विद्यार्थी नेताहरूले आफ्नो नेतृत्व निर्वाचनमार्फत आफैँले चुन्न पाउनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन् । यही सन्दर्भमा रावलले यस्तो बताएका हुन् ।