काठमाडौ । जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले बुधवारबाट सुरु भएको थुनछेक नसकिएपछि आजका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका थिए । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापा तथा जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गर्नुभएको थियो ।
आज बहस गर्न बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्नुहुनेछ । त्यसपछि रवि पक्षका वकिलहरूले बहस गर्नुहुनेछ ।