>

लस एन्जलसमा रोकिएन प्रदर्शन, ट्रम्पले खटाए समुद्री सेना

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको विरोध प्रदर्शन नियन्त्रण गर्न अमेरिकाले सात सय भन्दा बढी स्थल र जल सैनिक परिचालन गरेको छ ।

शक्ति प्रदर्शनको रूपमा ट्रम्पले सेनाको प्रयोगमा ठूलो वृद्धि गरिएको जनाइएको छ । अमेरिकाको संघीय कानून कार्यान्वयन इकाई आईसीईले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सैनिकहरू राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सप्ताहन्तमा क्यालिफोर्नियाको गभर्नर वा लस एन्जलसको मेयरको सहमतिबिना परिचालनगरिएका हुन् । सैनिकले नेशनल गार्ड सदस्यहरूसँग मिलेर दंगा नियन्त्रण कार्यमा सहभागी हुने बताइएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले गार्डको संलग्नतालाई अनावश्यक र अभूतपूर्व भनेका छन् । उनले प्रदर्शन रोक्न ट्रम्पले आफ्नो अनुमतिबिना राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै उनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने बताएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि ट्रम्पको यो कदमको आलोचना गरेकी छिन् । उता प्रदर्शन चर्केपछी सरकारले लसएन्जलसको डाउनटाउनमा निषेधित क्षेत्र घोषणा गरेको छ । कागजात नभएका आप्रवासीहरूमाथि छापा मार्ने क्रममा विरोध भएपछि प्रदर्शन चर्केको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *