>

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क

काठमाडौं । सरकार आगामी आर्थिक वर्षदेखि पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ ।

शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क प्रदान गरिने घोषणा गरेका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै, दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराइने उल्लेख छ ।

स्वास्थ्य पहुँच अभावमा रहेका वर्गलाई लक्षित गर्दै सरकारले प्रभावकारी कार्यक्रम अघि सार्ने प्रतिबद्धता जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *