>

ओली र देउवाबीच छलफल जारी, ‘प्रचण्ड’ अनुपस्थित

काठमाडौँ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् ।

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिए पनि माओवादी अध्यक्ष ‘प्रचण्ड’ उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै छलफलमा जुटेका हुन् । राजनीतिक स्थायित्वका लागि दलहरूबीच संवादलाई निरन्तरता दिने र आवश्यक सहमति खोज्ने प्रयासस्वरूप यो भेटवार्ता गरिएको स्रोतहरूले जनाएका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हालसालै संसदमा रास्वपाले उठाएका माग र संसदीय प्रक्रियामा देखिएको अवरोधले विधेयक पारित प्रक्रिया प्रभावित भइरहेकाले प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताबीच प्रत्यक्ष संवाद आवश्यक देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *