>

हेटौँडा-१ का वडाध्यक्षमाथि आक्रमण

काठमाडौँ। हेटौँडा उपमहानगरपालिका-१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ ।

भूमि सम्बन्धी समस्या देखाउँदै कालो पोसाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले उनमाथि कार्यकक्षमै आक्रमण गरेका हुन् । उनीहरूले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापी दिएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानीय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागि रहँदा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *