काठमाडौँ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न स्पेन भ्रमणका लागि प्रतिनिधि भण्डल गठन गर्नेदेखि विभिन्न चार जना मन्त्रीहरुको वैदेशिक भ्रमणको स्वीकृति र विश्व बैंकबाट ऋणसहुलियत रकम स्वीकार गर्ने लगायतका निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नु भएको हो ।
असार १६ गते देखि २१ गते सम्म प्रधानमन्त्रीले स्पेनको औपचारीक भ्रमण गर्नुहुने हुने भएको छ । मन्त्रिपरिषद बैठकले उक्त भ्रमणमा सहभागी हुन प्रतिनिधि मण्डल गठन गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट भएको छ ।
यस्तै बेठकले भौतिक पूर्वाधार मन्त्री, संचार तथा सुचना प्रविधि मन्त्री, युवा तथा खेलकुद मन्त्री र स्वाथ्य तथा जनसंख्या मन्त्रीहरुको विदेश भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।
सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्राे चरणकाे लागि विश्व बैँकबाट प्राप्त हुने करिब २० अर्ब ७९ कराेड नेपाली रुपियाँ बराबरकाे सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ ।
यसैगरी दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियाेजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ कराेड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारकाे निर्णय गरेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयाेगकाे सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताउनुभयो।