>

इजरायली शासकलाई कडा जवाफ दिने र कुनै दया नदेखाउने इरानका नेता खामेनीको भनाइ

इरानका सर्वोच्च नेता आयोतोल्लाह अल खामेनीले इजरायलविरुद्ध युद्धको घोषणा गरेका छन् ।

खामेनीले सामाजिक सञ्जाल एक्समा इजरायली शासकलाई कडा जवाफ दिने र कुनै दया नदेखाउने बताएका हुन् । यो घोषणापछि इरानले इजरायलमाथि २५ वटा मिसाइल प्रहार गरेको छ, जसमा खेरी शकन क्षेप्यास्त्र प्रयोग भएको दाबी गरिएको छ । यसले एक हजार चार सय ५० किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको आक्रमणले तेल अभिभस्थित मोसादसहित गुप्तचर एजेन्सीका भवनहरूलाई निशाना बनाएको छ । इरानको राजधानी तेहरान र कारजमा विस्फोटका आवाज सुनिएका छन् । इजरायली सेनाले औद्योगिक क्षेत्र र सैन्य अड्डाहरूमाथि आक्रमण गरेको छ । इजरायली सेनाले तेहरानको जिल्ला १८ खाली गर्न चेतावनी जारी गर्दै थप आक्रमणको चेतनावी दिएको छ ।

यसैबीच इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ । ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको हो । सुरक्षा चिन्ताका कारण जेरुसेलमस्थित अमेरिकी दूतावास शुक्रबारसम्म बन्द रहने अमेरिकी विदेश विभागले जनाएको छ । अमेरिकाले इजरायलको युद्धमा सहभागिता जनाए इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डाहरूमा आक्रमण गर्ने तयारी गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अमेरिकाले हस्तक्षेप गरे उसका सैन्य अड्डाहरूमा इरानले आक्रमण गर्न मिसाइल र अन्य सैन्य उपकरणहरू तयार गरेको अमेरिकी अधिकारीहरूले हालैको गुप्तचर प्रतिवेदनहरूको विश्लेषण पछि बताएका छन् । इरानसँगको द्वन्द्वबीच इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन । हालसम्म इरानमा दुई सय २४ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ८१ जना घाइते भएको समाचारमा उल्लेख छ । इजरायलमा २४ जनाको मृत्यु भएको छ भने छ सय बढी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *