>

आगामी ३ दिन काठमाडौंसहित ४५ जिल्लामा बाढीको जोखिम

काठमाडौं । आगामी तीनदिन देशका अधिकांश क्षेत्रमा पानी पर्ने र नदी तथा खोलाहरुमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।

विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी गर्दै आगामी ३ दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसहत बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसैगरि पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको पनि महाशाखाले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *