>

दिलभूषण पाठकका नाममा प्रहरीले जारी गर्‍यो सूचना

काठमाडौं । प्रहरीले पत्रकार दिलभूषण पाठकलाई कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ । प्रहरीको साइबर ब्युरोले मंगलबार पाठकका नाममा सूचना जारी गरेको हो । पत्रमा विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएकाले उपस्थित हुन भनिएको छ ।

पाठकलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाण्डूबाट अनुमति लिएको थियो । पक्राउ पुर्जीविरुद्ध पाठकले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उच्च अदालतले सोमाबार कानूनविपरीत नगर्न अल्मकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आगामी ५ असारमा छलफलमा बोलाएको थियो । ब्यूरोले सूचनामा नजिकको प्रहरी कार्यालय वा ब्युरोको कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न पाठकलाई भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *