काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले राजीनित दलहरु आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले अहिले दैनिक दुई हजार युवाहरु विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै प्रश्न गरे । उनले अहिले खाडि र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे ।
मुलुकलाई पुँजीवादले नाङ्गो प्रहार गरेको बताउँदै उनले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको बताए ।
उनले जनतमा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने बताए । अध्यक्ष केसीले काँग्रेस–एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत बताए । उनले संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै ? भन्दै प्रश्न गरे ।
उनले सिंहदरबारको सरकार चलाउने खुबी नभएकाले आठ ठाउँमा सरकार गठन गरेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्न चुनौति दिए । उनले आठ वर्षको अवधिमा प्रदेशले जनतालाई के दिए ? भन्दै प्रश्न गरे ।
бетадин свечи для профилактики https://svechi-dlya-zhenshchin.ru/ .
бетадин суппозитории вагинальные инструкция https://svechi-dlya-zhenshchin.ru/ .