काठमाडौं । सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८:३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी मन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।
आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एस.पी. अपिल बोहराले जानकारी दिए । आगलागीको कारण जान्न सीसीटीभी फूटेज जाँच भइरहेको उनले बताए । उक्त मन्त्रालयको भवन भित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेत रहेको छ ।
आगलागी के कारण भयो भन्ने बारे खुलेको छैन । तीन वटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।
