काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा पुनः ‘नो केबलकार’ पक्षधर र सशस्त्र प्रहरीबीच झडप भएको छ ।
‘नो केबलकार’ समूहले केबलबार निर्माणको संरचना तोडफोड गरेका छन्, भने केबलकार निर्माणका सामाग्री कब्जामा लिन खोज्दा प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडप भएको हो ।
पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षधरले पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका समाग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।
प्रदर्शनकारीलाई सशस्त्र प्रहरीले रोकेपछि केबलकार विरोधी समूहले ढुंगामुढा गरेको हो । सशस्त्र प्रहरीको टोलीले ढुंगामुढा हानाहान भएर तनावग्रस्त भएको स्थितिलाई नियन्त्रणमा लिन दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ ।
निर्माणस्थल कब्जा गर्ने उद्देश्यले अघि बढेका पहिचानवादी आन्दोलनकारीलाई रोक्न खोज्दा ढुंगा हानेर तोडफोडमा उत्रिएपछि उनीहरुलाई पछि हटाइएको प्रहरीले जनाएको छ ।