>

सरकारले आन्दोलन अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले कम्तिमा एक हप्ता काठमाडौंमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले यस्तो बताएका हुन् । जेठ १५ गतेदेखि राजावादीहरुले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसावले र कार्यक्रम अवरोध गर्नेतर्फ अघि बढ्यो भने प्रतिकार जरुरी हुने लिङदेनले बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर नबस्ने चेतावनी उनको छ ।जेठ १५ को आन्दोलन मुल आन्दोलन भएकाले कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारी गर्न आग्रह गरे ।

अध्यक्ष लिङदेनले जेठ १५ गतेको प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण हुने बताउँदै प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहनुपर्ने बताए । आन्दोलन हिंसात्मक बनाउन सरकार, सरकारबाट सञ्चालित संयन्त्रहरु क्रियाशिल हुनसक्ने भन्दै सचेत रहन आग्रह गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो आइरहेको उनको दाबी छ ।

3 thoughts on “सरकारले आन्दोलन अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँः अध्यक्ष लिङदेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *