काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.१४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलव ७४ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ८१ कम्पनीको शेयर मूल्य बढ्दा १५८ को घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, वीन नेपाल लघुवित्त र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयर मूल्य आज ९ प्रतिशतले बढेको छ ।
बिहीबारको कारोबारमा वाराही हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयर मूल्य ८.३५ प्रतिशतले घटेको छ । गरिमा समृद्धि योजनाको शेयर मूल्य पनि आज ७.७० प्रतिशतले घटेको छ ।
नेपाल रिपब्लिक कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ६६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।