काठमाडौँ । नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा कायम भएको छ ।आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता शेयर ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६६३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज रिभर फल्स पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावर र पियोर पावरको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै ओम मेघश्री फर्माको शेयर मुल्य ९.३० प्रतिशतले गिरावट आएको छ । आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ९१ करोड २३ लाख ९० हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।