>

एक्समा पोर्नोग्राफी सामग्री आएको भन्दै तान्जानियाले लगायो प्रतिबन्ध

काठमाडौँ । तान्जानियाले पोर्नोग्राफीको सम्बन्धमा ठूलो कदम चल्दै सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई ब्लक गरेको छ ।तान्जानियाका सूचनामन्त्री जेरी सिलाले तान्जानियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्सले पोर्न सामग्री साझा गर्न अनुमति दिएको भन्दै पहुँच रोक्ने निर्णय गरेको जानकारी दिएका छन् ।

मन्त्री जेरी सिलाले एक्समा आउने सामग्री आफ्नो देशको कानून, संस्कृति, रीतिरिवाज र परम्पराविरुद्ध रहेको बताएका छन् ।स्थानीय मिडियाले यस निर्णय बारेमा सरकारसँग आम नागरिक असन्तुष्ट रहेको उल्लेख गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *