>

घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज (बुधबार) सुन प्रतितोला २ हजार ७ सयले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन १ लाख ७० हजार २ सयमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य १ लाख ६७ हजार ५सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ३० निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *