>

वाह वाही पाउँदा पाउँदै डिएसपी शुभद्रा वाईबा किन तानिइन् हेड क्वाटर ?

काठमाडौं । प्रहरी चेन अफ कमाण्डमा चल्छ चल्नै पनि पर्छ , कमाण्डमा नचल्दा कारवाही पनि हुन्छ । तर एउटा विषय अहिले चर्चामा छ । जुन विषयले प्रहरीभित्र इमान्दार प्रहरीको छबी बनाएकाहरु शशंकित भएका छन् ।

जिम्मेवारी सम्हालेको पाँच महिनामै इलाका प्रहरी कार्यालय, सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिएपछि प्रहरीभित्रै चर्चा छ भने सामाजिक सन्जालमा प्रहरीको नेतृत्व माथिनै आलोचना हुन थालेको छ ।प्रहरी संगठन भन्दा बाहिरको मान्छेले सरुवा गरिदिन्छु भनेर धम्की दिएको र त्यसकै आधारमा प्रहरीको उच्च नेतृत्वले वाइबाको सरुवा गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

जनताको वाह वाही पाउँदा पाउँदै गर्दा जिम्मेवारी खोसिएकी डिएसपी शुभद्रा वाईबा अहिले त्यही नेतृत्वको सुझबुझ नपुग्दा कारबाहीको भागिदार नै बनाईएको छ । जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंसँग तेलको कुपनमा विवाद गरेको भन्दै उनलाई हेडक्वाटर तानिएको हो ।

उपमहानगर स्रोतका अनुसार भएको कुनै विवाद होइन, प्रहरी कार्यालय सिमरालाई सय लिटर तेल दिने गरिएको थियो । तर पछिल्लो समय प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले तेल घटाएका थिए । डिएसपी वाईवाले तेल वढी मागेकी पनि होईनन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रहरीलाई नियमित दिदै आएको तेल नघटाउन अनुरोध गरेका थिए । तर यहि विषयलाई लिएर प्रशासकीय अधिकृत प्रसाईंले सरूवा गर्दिन्छु भन्दै धम्क्याएका थिए । तेलको कोटा नघटाई दिन आग्रह गर्दा उल्टै विवाद निकालेर प्रशासकीय अधिकृतले डिएसपी वाईबा विरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी गरेका थिए । डिएसपी वाईबाको ठाउँमा अर्का डीएसपी वेद जोशी हाजिर हुँदैछन् । वाइवा गत पुसमा त्यहाँ सरुवा भएकी हुन् । डिएसपी वाईवाको कार्यकालमा सिमरा नाकामा हुने अवैध मदिरा, कपडा, मोबाइल फोन र विभिन्न तस्करी नियन्त्रणमा उल्लेखनीय प्रगति भएको थियो ।

त्यसो त रातारात गरिने अपरेशनहरू, सादा पोशाकका प्रहरी परिचालन र सूचनाका आधारमा गरिएका छापा कारबाहीहरूले तस्करहरूलाई पाखा लगाएको स्थानीय व्यापारीहरूले समेत स्वीकार गरेका छन् । डिएसपी वाइबा केही समयअघि तोकिएको समयभन्दा पनि ढिलासम्म महोत्वसमा कार्यक्रम सञ्चालन गर्दा आफैं गएर स्टेजबाट गायकको माइक खोस्दा पनि चर्चामा आएकी थिइन् । पछिल्ला महिनाहरूमा सिमरामा हुने सवारी साधन चोरी, घरेलु हिंसा र ठगीका घटनाहरूमा तीव्र गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *