>

रुपन्देहीमा परालले छोपेको अवस्थामा भेटियो महिलाको शव

काठमाडौं । रुपन्देहीमा एक महिलाको शव हत्या गरी फालिएको अवस्थामा भेटिएको छ । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडक खण्डको किनारमा परालले ढाकेको अवस्थामा अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो ।

प्रहरीका अनुसार टाउकोमा चोट देखिएकाले ढुङ्गा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले भन्यो, “महिलाको पहिचान हुन बाँकी छ । घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान शुरु भएको छ ।”

चिन्नै नसकिने गरी मुखमा चोट भएको र अहिलेसम्म स्थानीय भएको भए खोजी हुने भएकाले बाहिरको मान्छेलाई हत्या गरेर रातिको अवस्थामा यहाँ ल्याएर फालिएको हुन सक्ने स्थानीय बताउँछन् ।

बिहीबार बिहान ११ बजे परालले ढोकेको अवस्थामा महिलाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तालिम प्राप्त कुकुर परिचालन गरी सो घटनाको अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *