>

निर्माण बन्द गरेर बार्ताबाट सहमति खोज्न सरकारको ‘नो केबलकार’ अभियानलाई अपिल

काठमाडौँ । सरकारले ‘नो केबलकार’ अभियानमा लागेका ताप्लेजुङका स्थानीयलाई वार्तामा आउन आग्रह गरेको छ ।

गृहमन्त्रालयले बनाएको वार्ता समितिका संयोजक प्रेम प्रसाद भट्टराईले आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केवलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अपिल गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भनेका छन्-    

ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच मिति २०८१ माघ २२ गते देखी निरन्तर रुपमा वार्ता एवं संवाद भई रहेको व्यहोरा सबैमा विदितै छ । आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केवलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गृह मन्त्रालयले माघ २० गते बनाएको वार्ता समितिले यसअघि ‘नो केबलकार’ अभियानका प्रतिनिधिसँग वार्ता गरेपनि सरकार केबलकारको निर्माण बन्द गर्न सहमत नभएपछि वार्ता असफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *