>

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । यो साता कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको दुई करोड ११ लाख १० हजार कित्ता शेयर एक लाख ३ हजार २६२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८  बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आजको कारोबारमा बैंकिङ १.२२, लगानी १.०९ , उत्पादन तथा प्रशोधन ६९.८० र अन्य समुह ५८.१४ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

आज गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५९ करोड ३५ लाख ३८ हजार ९५ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *