काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य रहेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउवाले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताए । पार्टीमा यस्ता व्यक्तिहरु धेरै कम रहेको उनको भनाइ छ । स्व. रेग्मीले हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेको बताए ।
सभापति देउवाले स्व.रेग्मीको बारेमा लेखहरु लेखेर आम जनमानसमा उनको छविबारे उजागर गर्न जरुरी रहेको बताए ।
https://shorturl.fm/oYjg5
https://shorturl.fm/XIZGD