>

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आचार्य पक्राउ

झापा । झापामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ खाते बस्ने २१ वर्षीय संजिव आचार्य रहेका छन् ।

संजिवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *