>

आइतबारदेखि समाजवादी पार्टीको महाधिवेशन

काठमाडौं । नेपाल समाजवादी पार्टीले आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्म अनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *