>

सल्यान महोत्सवमा आगोलागी, ८० स्टल जलेर ध्वस्त

सल्यान । सल्यानमा लागेको महोत्सवमा भीषण आगलागी भएको छ । महोत्सवमा राखिएका १३५ मध्य ८० स्टल जलेर ध्वस्त भएको महोत्सव आयोजक राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिए । १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राती आगलागी हुँदा करोडौं मुल्य बढीको सामान जलेर नस्ट भएको हो ।

थापाका अनुसार गएराति ११ वजे स्टलमा आगलागी भएको हो । आगलागी वाट ८ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राती नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए । उनका अनुसार क्षतिको बिबरण आउन र आगो के कसरी सल्कियाे त्यसबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *