>

छोराले गरे आमाको हत्या

बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकले आमाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ सुन्दर टोलका २० वर्षीय सरोज परियारले ४५ वर्षीया आमा पार्वतीको हत्या गरेका हुन् ।

परियारले हँसिया प्रहार गरी आमाको हत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । मृतकको आँखा र हातमा गहिरो चोट छ । रूपन्देही प्रहरी पमुख रञ्जित सिंह राठौरले सरोजलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *