>

थारुको हत्यारा २० वर्ष पछि पक्राउ

बर्दिया, फागुन ३ गते । बर्दियामा २० वर्ष अघि हत्या गरी फरार रहेका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरेको छ । २०६० ज्येष्ठ १५ गते बर्दियाको साबिक मानपुर टपरा –७ हालको राजापुर नगरपालिका वडा न ८ बस्ने २८ वर्षीय बन्धु थारुको हत्या गरी फरार रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा न १५ नवलपरासी बस्ने ७८ वर्षीय कुम्भनारायण महतो र ४५ वर्षीय राम नारायण महतो रहेका छन् । उनीहरूले २०६० जेठ १५ गते राती करिब १० बजे मृतक बन्धु थारुलाई आफ्नै औषधी पसलमा बसिरहेको अवस्थामा करिब ५०० मिटर टाढा लगी घाँटी रेटेर मारेको आरोप छ ।

२०६० जेठ १८ गते मृतक बन्धुका छोरा छिमानन्द थारुको तिन जनाको नाममा दिएको किटानी जाहेरीको आधारमा आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले बताउनु भयो । थप एक जना पक्राउ गर्न बाँकी रहेको उहाँले बताउनु भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तत्कालीन समयमा दिएको किटानी जाहेरी उपर कारबाही गर्ने क्रममा हत्या आरोपीको खोजविन गरिएको प्रहरी नायव उपरीक्षक घर्ती मगरले बताउनु भयो । हाल उनीहरूलाई बर्दिया जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरू बसोबास गरिरहेको स्थानको पत्ता लागेपछि गत माघ २६ पक्राउ गरी बर्दिया जिल्लामा ल्याइएको थियो ।

किटानी जाहेरी परेको लामो समयपछि बर्दिया जिल्लामा कार्यान्वयनमा आएको छ । किटानी जाहेरीका पुराना मुद्दा फर्स्यौट नभएका फाइलहरू अध्ययन गर्ने क्रममा आरोपीहरू फेला परेपछि मुद्दा चलाइएको प्रहरी उपरीक्षक केदार खनालले बताउनु भयो । ‘बर्दियामा विविध कारणले फर्स्यौट नभएका र विगतको द्वन्द्वसँग सम्बन्धित नभएका तर द्वन्द्वको समयमा भएका घटनका केही मुद्दाहरू फर्स्यौट हुन बाँकी देखिएका छन् ।’ उहाँले भन्नु भयो –‘ती मुद्दाहरू फर्स्यौट गर्ने क्रममा छौँ, सबै मुद्दाहरू अपडेट गर्ने क्रममा छौँ ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *