धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
बाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्वरको पानी बोक्ने ट्याङ्कर कच्ची सडकबाट खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान भइनसकेको धादिङ प्रहरीले जनाइएको छ । ट्याङ्ककर सडकबाट करिव दुई सय मिटर तल खसेको छ ।
गएराति करिव एक वजेतिर भएको सो दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि लगिएको छ । ट्याङ्कर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएकोले शव निकाल्नसमेत कठिन भएको प्रहरीले जनाएको छ ।
शवलाई निकालेपछि पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी गरेको उद्दारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिए । सवारी चालक भने सकुसल छन । ट्याङ्कर फर्काउन ब्याक गर्ने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेँको घाइते एक जना यात्रुले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था भने सामान्य छ ।