>

परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेश मन्त्री वाङ यीबिच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेश मन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री डा.राणा र चिनियाँ विदेशमन्त्रीबिच सो भेटवार्ता भएको हो ।

सौहार्दपूर्ण सो भेटका क्रममा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका विषयहरूमा कुराकानी भएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भेटका क्रममा मन्त्री डा.राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै आएको प्रसङ्ग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्‍याउँदै आएको सहयोग र समन्वयका लागि विदेश मन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

साथै आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानी लगायतका विविध क्षेत्रहरूमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको मन्त्री डा. राणाले बताइन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

8 thoughts on “परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *