काठमाडौं । नेकपा माओवादी केन्द्र गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा कायम रहेको छ ।सोमबार अपराहन्न भएको शिर्ष नेताहरुको छलफलमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेमा आफुहरु अडिक रहेको बताएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री केपी शर्माले राजीनामाको कुरा छोडेर संसदको कारवाही अगाडी बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।जवाफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु राजीनामाको अडानमै रहेको स्पष्ट गरेका थिए ।
यद्यपि प्रधानमन्त्री ओलीको आग्रहलाई मंगलबार विहान बस्ने विपक्षी दलहरुको बैठकमा राख्ने प्रचण्डले जवाफ दिएका थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादीका प्रमुख सचेतक पाण्डे सहभागी रहेका थिए ।