>

काँग्रेसद्वारा नेविसंघ र तरुण दलसहित ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप

काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप्ने निर्णय गरेको छ ।

सोमबार बिहान बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा भ्रातृ संस्थाहरूको समय थप गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तरुण दल, महिला संघ, नेविसंघ लगायतका भ्रातृ संस्थाहरूको म्याद थप भएको छ । तरुण दल र महिला संघले अधिवेशनको कामहरू अगाडि बढाइसकेको छ । नेविसंघको महाधिवेशनसम्बन्धी गतिविधि शून्य छ ।

संसद् बैठकको खाली समय हेरेर कार्यसम्पादन समिति वा केन्द्रीय समिति बैठक बोलाउने र त्यसबाट निश्चित कार्यातालिका बनाउँदै पारित गरेर जिम्मेवारी दिने निर्णय गर्ने सहमति बनेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पार्टीको निर्देशन अनुरूप नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघले मात्रै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेका छन् ।

महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थामा तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ छन् ।

देउवाले १६ असोजमा भ्रातृ संस्थाहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।

मंसिर २६ गते महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संस्थाहरू नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन निर्देशन समिति बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *