>

राजाले पटकपटक धोका दिए, फेरि धोका खाने पक्षमा कांग्रेस छैनः महत

काठमाडौं । सत्ताको प्रमुख घटक दल कांग्रेसका प्रवक्ता डा. प्रकाशशरणले नेपाली कांग्रेस पूर्वराजाबाट फेरि पनि धोका खाने पक्षमा नभएको बताएका छन ।

आज (सोमबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. महतले यस्तो बताएका हुन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने, ‘हामीले हिजो संवैधानिक राजा मानेको राजाले पटकपटक धोका दिएको हुनाले अब फेरि पनि धोका खाने पक्षमा कांग्रेस छैन ।’ उनले भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्ने ठाउँ नभएको बताए । ‘त्यो शंकाको फाइदा दिन सकिंदैन । भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्न सकिंदैन,’ उनले भने, ‘त्यसैले अहिले राजतन्त्र फर्काउने बारेमा त कत्ति पनि कांग्रेस छैन ।’

उनले संविधानमा लेखिएको धर्म, संस्कृति लगायतको संरक्षणका विषयमा कसरी स्वामित्व लिन सकिन्छ भनेर भोलिका दिनमा पार्टीमा छलफल गर्ने बताए । उनले राजाको शासनकालमा तत्कालीन गृहमन्त्री कमल थापाले के गर्थे, के बोल्थे भन्ने सम्झन आवश्यक भएको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘अलि सालअघि राजाको शासनकालमा के थियो भन्ने बारे गृहमन्त्रीको रूपमा त्यसको नेतृत्व गरिरहनुभएको थियो, उहाँका कस्ता कस्ता अभिव्यक्ति आएका थिए के के बोल्नुहुन्थ्यो ?’ उनले सोधे । अहिले सूचना क्रान्ति भएकोले जे कुरा पनि सार्वजनिक हुने भए पनि राजाको शासनकालमा यस्तो सुविधा नभएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *