लुम्बिनी । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको वर्तमान प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै न्यायमा करुणाको समावेश आजको आवश्यकता भएको बताएकी छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कुल अफ ल द्वारा आयोजित ‘राष्ट्रिय अभ्यास अदालत’ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मल्लले नेपालको संविधानले करुणायुक्त न्यायको परिकल्पना गरेको उल्लेख गरिन् ।
“कानुन र करुणा विरोधी होइनन्, अपराधको अनुसन्धान र अभियोजनामा पनि करुणा हुनुपर्छ,“ उनले भनिन् ।