लन्डन । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा टोटेनहम हटस्परलाई ५–१ गोलले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो ।
घरेलु टोलीका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो, मोहम्मद सलाहले गोल गरे । डेस्टिनी उडोगीले आफ्नै पोस्टमा गोल गरेपनि लिभरपुलले उपाधि जित्यो । टोटेनहमका डोमिनिक सोलाङ्केले एक गोल गरे । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम पाँच खेलबाट एक अङ्क मात्र आवश्यक थियो ।
३४ खेलमा ८२ अंकसहित शीर्ष स्थानको लिभरपुलले समान खेलमा ६७ अंक बनाएको आर्सनललाई १५ अंकले पछि पा¥यो । लिभरपुलको यसअघि सन् २०१९/२० मा जुर्गेन क्लोपको नेतृत्वमा कोभिड–१९ महामारीको समयमा पनि उपाधि जितेको थियो । टोटेनह्याम लगातार हारसँगै ३७ अङ्कसहित १६औँ स्थानमा यथावत् छ ।
गएराति भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् । बोर्नमाउथ ३४ खेलमा ५० अंकसहित दशौँ स्थानमा र समान खेलमा युनाइटेड ३९ अंकसहित तालिकाको १४औं स्थानमा छ ।