>

हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर आज (आइतबार) गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटनामा परेको हो ।

भारतीय सञ्चार माध्यम आज तकका अनुसार दुर्घटनामा पाइलटसहित ७ जनाको मृत्यु भएको छ । मौसम खराब भएका कारण हेलिकोप्टरले अर्को स्थानमा हार्ड ल्यान्डिङ गर्दा दुर्घटना भएको बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा राजवीर (पाइलट), विक्रम रावत, विनोद, तृष्टि सिंह, राजकुमार, श्रद्धा र राशि रहेका छन् । राशि १० वर्षीया बालीका रहेको समाचारमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *