काठमाडौँ । इजराइल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल इजराइलमा करिब ५५०० र इरानमा करिब १२ जना नेपालीहरू रहेका छन् र उहाँहरू सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।’
परराष्ट्र मन्त्री आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।
मन्त्री देउवाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गर्न पनि राजदूतहरूलाई निर्देशन दिएकी छन्।
