>

स्ववियु निर्वाचन : आज अन्तिम नामावली प्रकाशन गरिँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तालिका अनुसार आज उम्मेदवारको दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरिँदैछ ।

मंगलबार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको दर्ता भएको उम्मेदवारको आज दाबी विरोध गर्ने समय दिउँसो ४ बजे सम्म तोकिएको छ । त्यसपछि बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मंगलबार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । काठमाडौं उपत्यकाका शंकरदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता भएको छैन ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । निर्वाचन चैत ५ गते हुँदैछ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *