काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन अर्थात् आइतबार सुन तोलामा १ लाख ८९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९ सय ९० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।