काठमाडौँ । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनसिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । बलरलाई सहयोग गरेको पीचमा अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन बटुल्दै टिमलाई दयनीय स्थितिबाट उकासेका थिए ।
डडेल्धुराका अभिषेक गौतमले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।
जवाफी ब्याटिङमा डडेल्धुराले १८ ओभरमा ८४ रन मात्रै जोड्न सक्यो । अत्तरियाका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाए भने ओपनर कुशल भुर्तेल २२ बलमा २० रन जोडेर आउट भए । अत्तरियाका साहब आलम र दीपेश कँडेलले ३-३ विकेट लिए ।