>

भूगर्भविदद्वारा हेटौँडामा जमिन भासिएर बेपत्ता गाडीको सम्भावित स्थान फेला

हेटौँडा । हेटौँडाको गैरीगाउँ माछापोखरी सडकमा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान भूगर्भविद्को टोलीले पत्ता लगाएको छ ।

खानी तथा भूगर्भ विभागबाट आएको जियोलोजिष्ट डाक्टर नारायण अधिकारी नेतृत्वको टोलीले म्याग्नेटोमिटर प्रयोग गरी गाडी ६ मिटरको गहिराइमा रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सोमबार साँझ हेटौँडा आइपुगेको टोलीले मंगलबार दिनभर टनास्थल वरपरको माटोको अध्ययन गरेको थियो । टोलीका अनुसार म्याग्नेटोमिटरले उक्त स्थानमा चुम्बकीय वस्तु डुबेको सङ्केत दिएको हो । अब अर्को उपकरण प्रयोग गरेर गाडीको यकिन गहिराइ पत्ता लगाउने प्रयास गरिने टोलीले जनाएको छ ।

खुकुलो माटो र बालुवाको तह भएको कारण उक्त स्थान छिट्टै तरलिकृत भएको र दहीमा केरा भासिएजस्तै गाडी विस्तारै भासिएको अनुमान टोलीको छ । भूगर्भ विभागले २० वर्षअघि स्थान वरपरको वातावरणीय तथा भूगर्भीय नक्सांकन गरेको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

माटोको भारवहन क्षमता लगायतका विषयमा अध्ययन गरी स्ट्यान्डर्ड पेनिट्रेसन टेस्ट गरेर थप कार्य आजबाट अघि बढाइने जनाएको छ । शुक्रबार ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी भासिएर बेपत्ता भएको तीन दिनसम्म फेला नपरेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्को टोलीलाई अनुसन्धानका लागि बोलाएको थियो । अहिले सो स्थानमा खतराको बोर्ड राखेर आवतजावत बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *